१४ बैशाख २०८१, शुक्रबार

ओलीलाई भेटेपछि राष्ट्रपति चयनबारे प्रचण्डद्वारा सिटौलासंग छलफल


प्रचण्ड र कृष्ण सिटौला फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलीबीच भेटवार्ता भएको छ । आज शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुवीच भेटवार्ता भएको हो ।

आज शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटमा २ घण्टाभन्दा बढी छलफल भएको छ । आज दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन बन्दा पुस १० गते राष्ट्रपति एमालेलाई दिने भएको सहमति अक्षरस पालन गर्नुपर्ने अडान दोहोर्याएका थिए नत्र सम्झौता भंग हुने चेतावनी समेत दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि राष्ट्रपति चयनबारे प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस नेता सिटौलाले छलफल गरेका हुन् । सिटौलाले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेका छन् । एमालेले राष्ट्रपति पद कुनै हालतमा पनि नछोड्ने मनसाय बुझेपछि प्रधानमन्त्री प्रचण्डले नेता सिटौलासंग छलफल गरेका हुन् ।

सिटौलाले कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेकोले पुस २६ गते सरकारलाई विश्वासको मत दिएको सम्झाएका छन् । सिटौला काँग्रेसबाट राष्ट्रपतिको आकांक्षी समेत रहेकोले आफू राष्ट्रपति बन्न पार्टी र माओवादीमा लबिङ गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !