१४ बैशाख २०८१, शुक्रबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै


राप्रपा फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठका अनुसार आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा छलफल हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !