१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने


काँग्रेस संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले २३ गते हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदमा हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकपछि बोल्दै लेखकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले काँग्रेसले अन्य दलसँग सल्लाह गरेर व्यक्तिका बारेमा टुंगो लगाउने निर्णय गरेको बताए ।

यस्तै आजको बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने निर्णय पनि गरेको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !