१४ बैशाख २०८१, शुक्रबार

प्रेमप्रसादको आत्मदाहबारे छानबिन गर्न गृहद्वारा समिति गठन


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन गरेको छ । गृहले संघीय संसद भवनअघि आफैंलाई आगो लगाएर उपचारका क्रममा निधन भएका प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको हो ।

गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बिहीबार गठन गरिएको हो । उक्त समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने छन् ।

हिजो बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको थियो । सरकारले प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको थियो ।

इलामका व्यवसायी आचार्यले दिउँसो नयाँ बानेश्वर सडकमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । त्यसपछि उनलाई उद्धार गरी र्कीतिपुरस्थित बर्न अस्पतालमा लगिएको र उपचारका क्रममा हिजो विहान ५ बजे निधन भएको थियो ।

उनले आफ्नो शरीरमा आगो लगाउनु अघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर आफूले भोगेका घटना उल्लेख गरेका थिए । अब उनले उठाएका विषयबारे उक्त समितिले छानबिन गर्नेछ ।

मन्त्रिपरिषद्‍को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गर्दै सोको जिम्मेवारी गृह मन्त्रालयलाई दिएको थियो । मन्त्रिपरिषदको निर्णयपछि गृहले आज छानबिन आयोग गठन गरेको हो ।

यो पनि पढ्नुहोस्

सरकारले दियो प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने जिम्मा गृहलाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !