२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सुरु


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । पोखरामा विमान दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका हुन् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका छन् ।

दुर्घटनाप्रति प्रचण्डले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !