२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाद्वारा संघीयता कार्यान्वयन समितिको कार्यावधि एक हप्ता थप


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले स्वतन्त्र सांसदखिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय बिशेष समिति’को कार्यावधि एक हप्ता थप गरेको छ ।

राष्ट्रिय सभाको २०७९ जेठ २० गते बसेको बैठकमार्फत सातवटै प्रदेशको संघीयता कार्यान्वयनको अवस्थालाई अध्ययन तथा अनुगमनको गर्न भन्दै स्वतन्त्र सांसद खिमलाल देवकोटाको संयोजकत्वमा ७ सदस्यीय बिशेष समिति गठन गरिएको थियो ।

उक्त विशेष समितिका संयोजक रहेका सांसद देवकोटाले बैठकमा अझै पनिविशेष समितिको केहीकामगर्न बाँकी नै रहेकाले एक हप्ता कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।

बैठकमा संयोजक देवकोटाले सो समितिको पछिल्लो प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु सभा समक्ष पेश गरेपछि कार्यावधि थपको प्रस्ताव राखेका प्रस्तुत गरेका थिए ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले बिशेष समयमा बोल्दै समसामयिक बिषयमा सभाध्यक्षमार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बिशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि सारेको साझा एजेण्डा ‘सुशासन र समृद्धि’को मुद्दाले सार्थकता नपाई सकेकाले हिजो संविधान बनाउँदा जसरी नै अब पनि राजनीतिक दलहरुबीच सहमति अपरिहार्य भएको बताए ।

बिशेष समयमा नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले मुलुकको संविधान र नेपाली राजनीतिलाई सम्भावित दुर्घटनाबाट जोगाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको बताए ।

सांसद देवले ‘क्रान्ति र परिवर्तन’का प्रतिकका रुपमाचिनिने प्रचण्डलाई अहिले परिवर्तन विरोधीहरुले पुष्पकमल दाहाल बनाउने प्रयास गरिरहेको टिप्पणी गर्दै पूर्व सांसद रेशम चौधरी लगायत थारु राजबन्दीहरुलाई छिटो रिहाई गर्नुपर्ने बताए ।

बिशेष समयमा नेकपा(एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्षभनेको प्रतिपक्ष भएपनि काँग्रेस प्रतिपक्षको भूमिकामा बस्न चुकेको दाबी गरेका छन् । उनले गठबन्धन सरकारको भावनाअनुरुप सहमतिका आधारमा ल्याइएको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताए ।

त्यसैगरी, विशेष समयमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतन्त्रमाथिनै खतराको संकेत रहेकाले आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको बताइन् ।

उनले राष्ट्रियता र लोकतन्त्रको रक्षा, जनजिविकालगायतविषयतथा संविधानकार्यान्वयनमावर्तमान सरकराको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिंदै सरकारको कामको गुण र दोषका आधारमा समर्थन र आलोचना गर्दै जाने बताइन् ।

जनता समाजवादी पार्टीका सांसदमोहम्मदखालिदले राष्ट्रिय सहमति कायम गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।

बिशेष समयमा बोल्दै मनोनित सांसद वामदेव गौतमले राजनीतिक दलहरुले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन् गरेको टिप्पणी गरेका छन् । उनले गएको निर्वाचनमा दलहरुले गठबन्धनका आधारमा चुनावमा जाँदा जनताले कुन दल र कस्ता एजेण्डालाई छनौट गर्ने भन्ने अधिकार हनन् हुन पुगेको दाबी गरे ।

वर्तमान सरकारलाई नेपाली काँग्रेसले विश्वासको मतदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्नु सकारात्मक कदम भएको सांसद गौतमको भनाई थियो । उनले पछिल्लो राजनीतिक परिस्थिति र वर्तमान सत्ता गठबन्धनलाई राजनीतिको महाभूकम्पको संज्ञा दिएका थिए ।

बिशेष समयमा नेपालीकाँग्रेसका सांसद प्रकाशपन्थ, नेकपा(माओवादी केन्द्र)कीसांसद गंगाकुमारी बेलबासे, नेकपा(एमाले) की सांसदहरु क्रमशः भगवती न्यौपाने र विमला घिमिरे, नेकपा(एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहरा, लोकतान्त्रिक समाजवादीका सांसद शेखरकुमार सिंह तथा स्वतन्त्र सांसद खिमलाल देवकोटाले समेत बोलेका थिए । राष्ट्रिय सभाको अर्को बैठक आउँदो माघ ५ गते दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !