२४ बैशाख २०८१, सोमबार

विश्वासको मत बारेमा निर्णय गर्न कांग्रेसले बोलायो कार्यसम्पादनको बैठक


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बारेमा निर्णय गर्न सकेन । सरकारलाई विश्वासको मत दिने बारेमा सकस देखिएपछि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

काँग्रेसको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजै बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए ।

सभापति देउवाले बिहानदेखि आफ्नै निवासमा शीर्ष नेता र पदाधिकारीहरूसँग छलफल गरेका थिए । आज बिहान ९ बजे बस्ने भनिएको संसदीय दलको बैठक बोलाएपनि अझसम्म बैठक सुरू हुन सकेको छैन ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिएपछि ल्होत्से हलमै कांग्रेस संसदीय दलको बैठक बस्नेछ । उक्त बैठकले विश्वासको मतबारे आधिकारिक निर्णय गर्ने छ ।

सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा शीर्ष नेताहरूबीचमै विवाद भएपछि कांग्रेसले निर्णय लिन नसकेको हो । सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा शीर्ष नेताहरूसँगको छलफलमा सहमति नभएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका ठी ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !