२५ बैशाख २०८१, मंगलबार

रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने नागरिक उन्मुक्तिको निर्णय


रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएको छ । वर्तमान सात दलीय सत्ता गठबन्धनलाई सरकार बनाउन समर्थन गरेपनि सो पार्टी सरकारमा नजाने भएको हो ।

उक्त पार्टीको आज सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीका संघीय संसदमा ४ जना सांसद रहेका छन् ।

नेकपा एमालेसहित सात दल र ३ जना स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !