१४ बैशाख २०८१, शुक्रबार

भावी राष्ट्रपतिमा डा. सन्दुक रुइतको पनि चर्चा सुरु


डा. सन्दुक रुइत

काठमाडौँ । नेपालको भावी राष्ट्रपतिमा डा. सन्दुक रुइतको पनि चर्चा सुरु भएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोविन्दराज पोखरेलले सामाजिक संजाल ट्वीटरमा भावी राष्ट्रपतिमा डा. रुइतको चर्चा चलाएका हुन् ।

पोखरेलले डा. सन्दुक जनजाति अल्पसंख्यक समुदायको हुनुको साथै संसारले चिनेको, गैर राजनीतिक व्यक्ति भएकोले राष्ट्रपति पदका लागि सबैभन्दा उत्तम पात्र भएको भनेर लेखेका छन् ।

ताप्लेजुङ जिल्लाको विकट गाउँ ओलाङचुङगोलामा जन्मेका डा. रुइतले आँखाको क्षेत्रमा उत्कृष्ट काम गरेबापत एशियाको नोवेल पुरस्कार मानिने रमन म्यागासेसे पुरस्कार, भारत सरकारद्वारा पद्मश्री पुरस्कार, एशिया गेम चेन्जर्स अवार्ड लगायतका पुरस्कार पाइसकेका छन् ।

राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिको खोजी र चर्चा चलेसंगै डा. पोखरेलले डा. रुइतको पनि चर्चा सुरु गरेका हुन् । काँग्रेसमा पार्टीभित्रैबाट राष्ट्रपति बन्न दबाब बढेपछि सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘गैरराजनीतिक व्यक्ति’को खोजी थालेको समाचारहरु संचारमाध्यममा प्रकाशित भएका छन् ।

छैटौ पटक प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका देउवाको लागि राष्ट्रपति बन्नु सम्मानजनक राजनीतिक बहिर्गमन हुने भन्दै पार्टीभित्रैबाट उनलाई राष्ट्रपति बन्न प्रस्ताव गरिएपछि देउवाले गैरराजनीतिक व्यक्तिसँगको छलफललाई तीव्रता दिएका छन् । देउवाले मंगलबार मात्र पूर्वप्रधानन्यायाधीश समेत भइसकेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग बालुवाटारमा छलफल गरेका थिए ।

https://twitter.com/grpokharel/status/1603539076426055680


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !