२६ बैशाख २०८१, बुधबार

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार, कुरै भएको छैन : नेकपा एस


बेदुराम भुसाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता हुने भन्ने चलेको हल्ला निराधार भएको स्पष्ट पारेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एस) ले तत्काल माओवादी केन्द्रसँग एकताको समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएको हो ।

नेकपा (एस) का महासचिव बेदुराम भुसालले आज शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको हल्ला निराधार भएको र हालसम्म एकताबारे कुरै नभएको प्रष्ट पारेका हुन् ।

गत मंसिर ४ गते भएको आम निर्वाचनपछि समानुपातिकतर्फ तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसकेको नेकपा एसले माओवादीसँगको एकताको सम्भावनालाई तत्कालका लागि खारेज गरेको हो ।

महासचिव भुसालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने कुरामा आफूहरु सहमत भएपनि माओवादीसँग एकताको कुरालाई सत्य नभएको बताएका हुन् । उनले हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएको भनेर आपत्ति समेत जनाएका छन् ।

यस्तो छ हेर्नुहोस् नेकपा एसले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !