देशको शिर उच्च बनाउनु भन्दै रेखाको शिरमा ढाका टोपी Nepalpatra देशको शिर उच्च बनाउनु भन्दै रेखाको शिरमा ढाका टोपी
१३ मंसिर २०७९, मंगलबार

देशको शिर उच्च बनाउनु भन्दै रेखाको शिरमा ढाका टोपी


रेखाको शिरमा ढाका टोपी

मोरङ (बेलबारी) । पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी ३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् ।

आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

उनले भने ‘म आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्‍यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिएको छु ।’

उनले पार्टीको विचारधारा सही भए पनि नेतृत्व गलत भएका कारण पार्टी नै बदनाम हुनुपरेको जिकिर गरेका छन् । उनले अब आउने निर्वाचनबाट मतदाताले सक्षम नेतृत्व चुन्नु पर्ने बताएका छन् ।

चेम्जोङले भने ‘सैद्धान्तिक विकृतिका कारणले राष्ट्र नरहने भएकाले हाम्रो मतलाई परिवर्तन गर्नु पर्छ भन्ने पक्षमा बोलेको हुँ । रेखा बहिनीले नभ्याएको ठाउँमा अब हामी पुग्छौँ । पार्टी जोगाएर मात्रै नहुने रहेछ भन्ने मेरो बुझाई छ ।’

सुरुवाती अवस्थामा रेखा थापा कमजोर उम्मेदवारको रूपमा हेरिए पनि उनको निरन्तर चलिरहेको घरदैलो र मतदातामा देखिएको उत्साहका कारण उनलाई बलियो प्रतिस्पर्धीको रूपमा बुझ्न थालिएको छ । थापा यति बेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा पुग्ने र मतदातासँग दोहोरो संवाद तथा छलफल गर्दै आएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !