१४ बैशाख २०८१, शुक्रबार

आसन्न निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक


एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरेर डिजिटल्ली फिंगर प्रिन्टबाट पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गरेको छ ।

उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ समेत गर्दै छन् । एमालले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय बनाएर घोषणापत्र ल्याएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो ।

उक्त समितिले सुझाव सङ्कलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरी आज सार्वजनिक गरेको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका राजनीतिक दलले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !