२० बैशाख २०८१, बिहिबार

यसवर्ष राष्ट्रपतिले लगाइदिइनन् भने प्रधानमन्त्रीले लगाएनन् भाइटीका


विद्यादेवी भण्डारी र शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको भाइटीका लगाइदिइनन् भने नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भाइटीका लगाएनन् ।

राष्ट्रपति भण्डारीको माइती पाण्डे परिवारतर्फ जुठो परेकाले यसवर्ष उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले बताएको छ । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

राष्ट्रपति भण्डारीले यसवर्ष माइतीतर्फ जुठो परेकोले आमा मिथिला पाण्डेको हातबाट बडादशैंको टीका पनि लगाएकी थिइनन् । गत वर्षमा राष्ट्रपति भण्डारीले तिहारमा आफ्ना नेपालमा रहेका कान्छा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाउने गरेकी थिइन् ।

यस्तै भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् । डडेल्धुरा घर भएका प्रेमबहादुरको क्यान्सरको उपचारका क्रममा २०७९ साल जेठ २ गते सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाले पनि लगाएनन् यस वर्षको तिहारको भाइटीका

राष्ट्रपति भण्डारीले यो वर्षको भाइटीका किन लगाइनन् ?

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् बडादसैंको टीका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !