२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवाले पनि लगाएनन् यस वर्षको तिहारको भाइटीका


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको तिहारको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाको परिवारका अन्य सदस्यले पनि भाइटीका नलगाएका हुन् ।

डडेल्धुरा घर भएका प्रेमबहादुरको क्यान्सरको उपचारका क्रममा २०७९ साल जेठ २ गते सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको थियो । यसअघिका वर्षमा प्रधानमन्त्री देउवाले आफ्नी बहिनी दुर्गा चन्दको हातबाट तिहारकाे भाइटीका लगाउने गरेका थिए ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारको भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइती पाण्डे परिवारतर्फ जुठो परेकाले यसवर्ष उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले बताएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीले यो वर्षको भाइटीका किन लगाइनन् ?

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् बडादसैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !