२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीले यो वर्षको भाइटीका किन लगाइनन् ?


विद्यादेवी भण्डारी तिहार लक्ष्मीपूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारको भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइती पाण्डे परिवारतर्फ जुठो परेकाले यसवर्ष उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले बताएको छ ।

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक जना नेपालमै छन् ।

राष्ट्रपति भण्डारीले यसवर्ष माइतीतर्फ जुठो परेकोले आमा मिथिला पाण्डेको हातबाट बडादशैंको टीका पनि लगाएकी थिइनन् । गत वर्षमा राष्ट्रपति भण्डारीले तिहारमा आफ्ना नेपालमा रहेका कान्छा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाउने गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !