२१ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीले लगाए बहिनीहरुको हातबाट भाइटीका


एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नी बहिनीहरुको हातबाट तिहारकाे भाइटीका लगाएका छन् ।

ओली निवास बालकोटमा आज बिहान अध्यक्ष ओलीले बहिनी कौशल्या कोइराला, विष्णुमाया ढकाल र कान्छी बहिनी विष्णु ओलीको हातबाट तिहारको भाइटीका लगाएको ओलीका सचिवालयले जनाएको छ ।

टीका लगाइदिएपछि बहिनीहरुले अध्यक्ष ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । ओलीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

साथै साे अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएका थिए । उनको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओलीलाई टिका लगाइदिनका लागि झापाबाट बहिनी कौशल्या र चितवनबाट विष्णुमाया हिजै बालकोट आइपुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाले पनि लगाएनन् यस वर्षको तिहारको भाइटीका

राष्ट्रपति भण्डारीले यो वर्षको भाइटीका किन लगाइनन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !