२१ बैशाख २०८१, शुक्रबार

राजु गुरुङको रिटको पेसी न्यायाधीशहरु माथेमा र रेग्मीको संयुक्त इजलासमा


राजु गुरुङ

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशहरु कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको छ । नेकपा (एमाले) का विष्णु पौडेलविरुद्ध गुरुङले उम्मेदवारी दिएका छन् ।

गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । यस्तै गुरुङको उम्मेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्चले गठबन्धन उम्मेदवार गुरुङको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उम्मेदवारी खारेज नगर्न आदेश दिएको थियो । सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चले गुरुङको उम्मेदवारी कायम नै राख्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न आज पेसी तोकेको हो । आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको छ ।

यो पनि पढ्नुहोस्

रुपन्देही-२ का राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !