२६ बैशाख २०८१, बुधबार

गठबन्धनका शीर्ष नेताले काठमाडौंमा आज प्रशिक्षण दिंदै


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौंमा आज प्रशिक्षण दिंदै छन् । काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे
गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने भएका हुन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !