२५ बैशाख २०८१, मंगलबार

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका १५ निर्णयहरु


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णयहरु सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आजको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु गरेका हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारद्वारा गठित वार्ता टोली र प्रा. डा. गोविन्द केसीबीच २०७९ असोज ८ गते सम्पन्न सहमतिपत्र अनुमोदन गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको हो ।

यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने पनि निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका १५ निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !