१९ बैशाख २०८१, बुधबार

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सभामुख पदबाट बिदा लिँदै आज एक पत्रकार सम्मेलन आयोजना गरेर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

मनोनयन दर्ताको अघिल्लो दिन सभामुख सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । उनले २०७९ साल मंसिर ४ मा हुने चुनावमा आफू उमेदवार नबन्ने स्पष्ट पारेका हुन् ।

२०६४ र २०७० सालमा संविधानसभा सदस्य रहेका सापकोटाले २०७४ मा सिन्धुपाल्चोक-२ बाट चुनाव जितेका थिए । आगामी निर्वाचनमा पनि उक्त निर्वाचन क्षेत्रमा आकांक्षी भएपनि सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार सो क्षेत्र कांग्रेसको भागमा परेको छ ।

यद्यपि सिन्धुपाल्चोक क्षेत्र नम्वर १ भने माओवादीको भागमा परेको छ । उनले आफू देश र जनताका पक्षमा अझ धेरै सक्रिय भएर काम गर्ने बताएका सापकोटाले सञ्चार माध्यमसँग अझ नजिक भएर काम गर्नसक्ने बताएका थिए ।

उनले न्यायपालिका प्रमुखको भूमिकापछि अन्य जिम्मेवारीमा नजाने व्यवस्था जस्तै व्यवस्थापिकाको प्रमुख पनि उच्चतम जिम्मेवारी भएको भन्दै नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेका सापकोटाले आफू पुनः जनप्रतिनिधिका लागि चुनाव नलड्ने बताएका हुन् ।

अग्नि सापकोटा प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !