१४ बैशाख २०८१, शुक्रबार

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?


निर्वाचन आयोग

काठमाडौं । हिजो मध्यरातिदेखि निर्वाचन अचारसंहिता सुरु भएको छ । हिजो असोज ११ गते मंगलबार मध्यरात १२ बजेदेखि निर्वाचन अचारसंहिता, २०७९ सुरु भएको हो । हिजो मध्यरातिदेखि सुरु भएपनि औपचारिक रुपमा आज बिहानदेखि निर्वाचन आचारसंहिता लागू भएको हो ।

हिजो निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि हिजो मध्यरातिदेखि निर्वाचन अचारसंहिता लागू गर्ने निर्णय गरेको थियो । आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न-गराउन निर्देशन दिएको हो ।

सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि आयोगद्वारा जारी आचारसंहिता लागू हुनेछ ।

आसन्न निर्वाचनलाई स्वच्त, धाँधलिरहीन र मर्यादित वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगले बताएको छ । सबै राजनीतिक दल र सरोकारवालासँग छलफल गरेरै आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

आयोगले मंगलबार मध्यरातदेखि आचारसंहिता लागू गरेसँगै सरकारी निकाय वा सार्वजनिक संस्था वा अर्धसरकारी संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायतले निष्पक्ष ढंगले प्रस्तुत हुनुपर्ने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जारी आचारसंहिताले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न सरकारलाई पनि रोक लगाएको छ । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएका बाहेक कार्यक्रम घोषणा, स्वीकृत र सञ्चालन गर्न पाइने छैन ।

आचारसंहिता लागू भएसँगै अब शिलान्यास, उद्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन र अनुदानका कार्यक्रम पनि गर्न पाइँदैन । राजनीतिक नियुक्ति, नयाँ पद सिर्जना, पदपूर्ति, भत्ता वृद्धिलगायतको आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न पनि आचारसंहिताले रोक लगाएको छ ।

लोकसेवा आयोगले गर्ने नियमित पदपूर्तिको काम भने आयोगलाई जानकारी दिएर गर्न सकिनेछ । निर्वाचनको काममा बाहेक कर्मचारीको सरुवा गर्न पाइँदैन । सरकारी कर्मचारीले विदेश जानुपरे आयोगको अनुमति लिनुपर्छ ।

अयोगले के गर्न हुन्छ र के गर्न हुँदैन उल्लेख गर्दै ६० बुँदे निर्देशन दिइएको छ । निर्देशनमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने उल्लेख छ । उम्मेदवारी दिन चाहने व्यक्तिले बाहलवाला पदबाट राजीनामा दिनु पर्नेछ ।

यस्तो छ हेर्नुस् आयोगले जारी गरेको निर्वाचन आचारसंहिता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !