२४ बैशाख २०८१, सोमबार

रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै


रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन् । उनी बुधबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत राप्रपामा प्रवेश गर्न लागेका हुन् ।

राप्रपा र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्र समूहबीच आज एकीकरण हुने भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले हिजो सामाजिक संजाल ट्वीटरमा लेख्दै राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच आज बुधबार दिउँसो १ बजे एकता घोषणा जानकारी दिएका थिए ।

मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । राप्रपामा प्रवेश गर्नको लागि मिश्रले विवेकशील साझा पार्टी परित्याग गरेका थिए ।

विवेकशील साझा पार्टीको अध्यक्षबाट मिश्रले जेष्ठ ११ गते बुधबार सामाजिक सञ्जालमार्फत स्थानीय तह निर्वाचनमा नतिजा अपेक्षित नआएका कारण नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

स्थानीय निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा त्यो दिनबाट राजीनामा दिएको घोषणा गरेका थिए भने उनी पार्टीको साधारण सदस्य भने रहिरहेका थिए । विगतमा मिश्रले बीबीसी नेपाली सेवा लामो समयसम्म पत्रकारिता गरेपछि राजनीतिमा होमिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !