५ जेष्ठ २०८१, शनिबार

माओवादीको पदाधिकारी बैठक जारी, समानुपातिक उम्मेदवार टुंगो लगाउने


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको हो ।

जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी रहेको छ ।

आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका भएसँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त रहेका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ भने प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !