२१ बैशाख २०८१, शुक्रबार

संसद् अधिवेशन भोलि शनिबार रातिदेखि अन्त्य गर्न सिफारिस


संसद बैठक फाइल फोटो

काठमाडैं । सरकारले संसद्को जारी अधिवेशन भोलि शनिबार रातिदेखि अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार रातिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको हो ।

हालको प्रतिनिधिसभाको कार्यकाल भोलि असोज १ गते शनिबार मध्यरातिदेखि अन्त्य हुने भएकोले सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको हो । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल असोज १ गतेसम्म मात्र रहेको प्रष्ट पारेको छ ।

आयोगले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको मिति तोकेको छ । सो मितिको अघिल्लो दिन अर्थात् १ असोजसम्म मात्रै वर्तमान प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कायम हुने आयोगको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !