१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चका बहालवाला न्यायाधीश महाभियोग सिफारिस समितिमा बयान दिन नजाने


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्टले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । सर्वोच्च फुलकोटले महाभियोग सिफारिस समितिमा उपस्थित भएर बहालवाला न्यायाधीशले जवाफ दिन नमिल्ने स्पष्ट पारेको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालततका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् ।

सर्वोच्चमा आज बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाएपनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन् । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले वयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको थियो ।

समितिको अर्को वैठक भोलि बिहीबार बिहान ८ः३० मा बस्ने छ । निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ । समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि वयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो ।

समितिले निलम्बनमा सकेपनि प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र जबराले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी गरेको हो ।

यो पनि पढ्नुहोस्

चोलेन्द्र प्रकरणमा अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई बोलाइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !