१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र अध्यक्ष लीबीच शिष्टाचार भेटवार्ता


विद्यादेवी भण्डारी र ली चान्सु

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष एवं चिनियाँ सभामुख ली चान्शुले शिष्टाचार भेटवार्ता जारी रहेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न ४ बजेदेखि शिष्टाचार भेटवार्ता जारी रहेको हो ।

यस्तै आज राष्ट्रपतिलाई भेट्नुअघि बिहान लीको चिनियाँ प्रतिनिधि मण्डलले २०७२ सालको भूकम्पबाट क्षति भई पुनर्निर्माण भएका भक्तपुर दरबार परिसरका मठमन्दिरहरुको अवलोकन भ्रमण गरेको थियो ।

यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

लीले नेपाल आएकै दिन अस्ति सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु ४ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् । छिमेकी मुलुक चीनको सभामुखस्तरीय नेपाल भ्रमण पहिलो पटक भएको हो ।

अघिल्लो बर्षको चैत्र महिनामा भएको दुई पक्षीय भर्चुअल मिटिङ्गको क्रममा सभामुख सापकोटाले समकक्षी झान्सुलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु सभामुख सापकोटाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आएका हुन् ।

सभामुखकै निमन्त्रणामा नेपाल आएका लीले राष्ट्रपतिलाई भेटेपछि आज पनि सापकोटालाई भेट्ने कार्यसूची रहेको छ । झान्सु नेतृत्वको प्रतिनिधिमण्डल आफ्नो चार दिने भ्रमण सकेर भोलि भाद्र ३० गते गते बिहिबार बिहान विशेष विमानबाटै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

विद्यादेवी भण्डारी र ली चान्सु विद्यादेवी भण्डारी र ली चान्सु विद्यादेवी भण्डारी र ली चान्सु

विद्यादेवी भण्डारी र ली चान्सु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु