२४ बैशाख २०८१, सोमबार

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूत बेरीले गरे बिदाइ भेट


प्रचण्ड र रेन्डी बेरी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाई भेटवार्ता गरेका छन् ।

आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन समेत गरेका थिए ।

नेपालका लागि अमेरिकीको राजदूत र्‍याण्डी बेरीको कार्यकाल गत वर्ष नै सकिएपनि एमसीसी अनुमोदन गर्न थप पहलकदमी गर्नुपर्ने भएकाले उनको म्याद थपिएको थियो ।

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन् । राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले यसअघि जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !