२० बैशाख २०८१, बिहिबार

आगामी मंसिरपछि कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्छ : पूर्वमन्त्री गौतम


भारत साफ च्याम्पियनसिपको सेमिफाइनमा महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो । भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । भारतको जीतमा अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । डाङमेई ग्रेसले थप दुई गोल गरिन् भने प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल थपे । खेलको २४औँ मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन । खेलको ४२ औँ मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यसैगरी खेलको पहिलो हाफको अतिरिक्त समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् । खेलको ५३ औँ मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४–० को अग्रता बनायो । खेलको ५५ औँ मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन् । खेलको ८४ औँ मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६–० को बन्यो । खेलको ८५ औँ मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ८७ औँ मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाइन् । त्यसपछि खेलको ८८औँ मिनेटमा अन्जुले व्यक्तिगत चौँथो गोल गर्दै भारतलाई ९–० को जीत दिलाइन् । अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन् । सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

सुर्खेत, भेरीगङ्गा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद सञ्जय गौतमले आगामी मङ्सिरपछि कांग्रेस नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मङ्सिर ४ गतेपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकार स्थिर हुने बताएका हुन् ।

देशलाई तीव्ररुपमा अगाडि बढाउन गठबन्धन आवश्यक रहेको बताउँदै उनले भने, “हाम्रो संविधानअनुसार नेपालमा कुनै पनि दलको एकल सरकार बन्ने सम्भावना कम छ, देशमा स्थिर सरकारसँगै विकासलाई तीव्रगतिमा अगाडि बढाउनका लागि पनि गठबन्धन गरेर निर्वाचनमा जान आवश्यक छ ।”

संविधानको रक्षा र कार्यान्वयनका लागि पनि गठबन्धन भएको गौतमको भनाइ छ । उनले राजनीतिक दलप्रति नागरिकको वृतृष्णा बढ्न थालेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार निर्माणपछि नागरिकका सबै समस्या समाधान गरिने दाबी गरे ।

गौतमले कांग्रेसभित्र केही असमझदारी रहेको भन्दै लोकतान्त्रिक मूल्यमान्यता बोकेको पार्टीमा प्रतिस्पर्धा र असमझदारी हुनु स्वभाविक रहेको बताए ।

सुर्खेतका सन्दर्भमा पनि विगतका तीतामीठा अनुभवलाई आत्मसात् गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । उनले भने, “लोकतान्त्रिक मूल्यमान्यता बोकेका पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, केही त्रुटि पनि हुन सक्छन्, त्यसलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।”

उहाँले सुर्खेत–तेलपानी हुँदै भुरीगाउँ पुग्ने सडक निर्माण चाँडै हुने भन्दै सडक निर्माणपछि कर्णालीको विकासमा टेवा पुग्नेसमेत बताए । कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीभित्रको नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए ।

उनले भने, “नेतृत्वले सबै नेता कार्यकर्तालाई मिलाएर लिनुपर्ने हुन्छ, हामी जति एकताबद्ध हुन्छौँ, त्यति नै हामी बलियो हुन्छौँ र हाम्रा एजेण्डा लागू गर्न सक्छौँ ।” नेता गौतम निर्वाचन केन्द्रित जनताका साथमा कांग्रेस अभियानका लागि सुर्खेत आएका थिए । उक्त अभियानको समीक्षाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !