२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभाका बिषयगत समितिका सभापतिहरुको निर्वाचन भाद्र २३ गते


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका बिषयगत समितिका सभापतिहरुको निर्वाचन यही भाद्र २३ गते दिउँसो १ बजे हुने भएको छ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सभापतिहरुको निर्वाचनको मिति तोक्दै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई निर्वाचनको सूचना प्रकाशित गर्न निर्देशन समेत दिएका थिए ।

दोस्रो बैठकले राष्ट्रिय सभा अन्तर्गत गठित बिषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर समेत गरेको छ । बैठकले नेपाली काँग्रेसकी सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट विधायन व्यवस्थापन समितिमा र काँग्रेसकै सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दिगो विकास तथा सुशासन समितिमा पठाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त नाम हेरफेर सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही भाद्र २१ गते दिउँसो १२ बजेर ५९ मिनेटमा डाकिएको छ ।

राष्ट्रिय सभाका बिषयगत समिति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !