१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीले आज पत्रकारसँग अन्तर्क्रिया गर्दै


केपी शर्मा ओली

काठमाडौ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारसँग अन्तर्क्रिया गर्दै छन् । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा उक्त आज दिउसो अध्यक्ष ओलीले पत्रकारहरुसँग सात्क्षात्कार गर्न लागेका हुन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख बिष्णु रिजालका अनुसार आज दिउसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेट अध्यक्ष ओलीले पत्रकारसँग साक्षात्कार गर्ने जानकारी दिएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने निर्णय लिएपछि ओलीको पत्रकारसँग पहिलो अन्तर्क्रिया कार्यक्रम हो । आजको साक्षात्कारमा अध्यक्ष ओलीले पत्रकारको प्रश्नसँगै सुझावसमेत लिने र आफ्नो धारणा राख्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !