१८ बैशाख २०८१, मंगलबार

समानुपातिक तर्फका निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दलले आजदेखि निवेदन दर्ता सुरु गराउने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिने दलले आज शुक्रबारदेखि निवेदन दर्ता गराउन सुरु हुने भएको हो ।

समानुपातिक तर्फका निर्वाचनका लागि आज भदौ १० गतेदेखि १२ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नु पर्ने छ । आयोगले आज शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको हो ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !