२१ बैशाख २०८१, शुक्रबार

गृहजिल्ला पुगेर सभामुखले भने- संसद्ले गति लियो


अग्निप्रसाद सापकोटा

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले गति लिएको जिकिर गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोक पुगेर सभामुख सापकोटाले संसद्ले गति लिएको दावी गरेका हुन् ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसको २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख सापकोटाले राजनीतिक सहमतिका आधारमा गतिरोध अन्त्य भई संसद्ले गति लिएको बताएका हुन् । उनले पुनःस्थापित सदनबाट नै विभिन्न विधायक पास हुँदै समस्या समाधान भएको बताए ।

सो अवसरमा सहभागी वक्ताहरूले चौतारा बहुमुखी क्याम्पस जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए । क्याम्पसका प्राचार्य नगेन्द्रप्रसाद दंगालले वार्षिक प्रतिवेदन पेश गर्दै क्युएए प्राप्तिको बाटोमा क्याम्पस रहेको उल्लेख गरे । उनले पुस्तकालय व्यवस्थापनदेखि अनुसन्धानमूलक कार्य र प्रयोगात्मक शिक्षामा जोड दिँदै जाने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !