२२ बैशाख २०८१, शनिबार

सरकारको निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने


लीलामणि पौडयाल

काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन हुने भएको हो ।

हिजो भदौ ६ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न’ आयोग गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !