१४ बैशाख २०८१, शुक्रबार

सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक आज बस्दै छ । गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने एजेण्डा रहेको छ । आसन्न निर्वाचनका लागि सीट बाँडफाँँट गर्न कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलबीच सीट बाँडफाँट गरेर निर्वाचनमा केन्द्रित हुने तयारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने निर्वाचनमा होमिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !