एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण Nepalpatra एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
१५ आश्विन २०७९, शनिबार

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण


माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल ट्वीटरमार्फत उनले आज गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

अहिले सामान्य लक्षणसहित उनी घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेका छन् । उनले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा अनुरोध गरेका छन् ।

अध्यक्ष नेपाललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना देखिएपछि अव उनको सचिवालय र परिवारका अन्य सदस्यको समेत कोरोना परीक्षण गरिने भएको छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !