१३ बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण


माधवकुमार नेपाल

पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल ट्वीटरमार्फत उनले आज गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

अहिले सामान्य लक्षणसहित उनी घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेका छन् । उनले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा अनुरोध गरेका छन् ।

अध्यक्ष नेपाललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना देखिएपछि अव उनको सचिवालय र परिवारका अन्य सदस्यको समेत कोरोना परीक्षण गरिने भएको छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !