२४ बैशाख २०८१, सोमबार

आसन्न निर्वाचनमा स्थानीय चुनावकै म्यादी प्रहरीलाई खटाउने तयारी


म्यादी प्रहरी

काठमाडौं । आसन्न निर्वाचनमा स्थानीय तह चुनावकै म्यादी प्रहरीलाई खटाउने तयारी गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको वैशाख ३० गते सम्पन्न स्थानीय चुनावकै म्यादी प्रहरीलाई खटाउने तयारी गरिएको हो ।

स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई नै आगामी निर्वाचनमा खटाउने गृहकार्य सुरु गरिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालले यसका लागि आन्तरिक गृहकार्य जारी राखेको छ ।

स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरीको भर्ना लिइएको थियो भने आगामी निर्वाचन सुरक्षाका लागि एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी अधिकारीहरू बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !