२२ बैशाख २०८१, शनिबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल भ्रमणमा आउँदै


डोनाल्ड लु

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार नेपाल भ्रमण आउने भएका छन् । सहायक विदेशमन्त्री लु बिहीबार साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लाग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यसअघि लूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन हुनुअघि पनि नेपालको भ्रमण गरेका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि लु नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !