२३ बैशाख २०८१, आइतबार

जनार्दनमाथि गठित छानबिन समितिमा भेटिएको सीसीटीभीको भिडियो सांसदहरुले हेर्दै


अर्थमन्त्री जनार्दन शर्मा छानबिन विशेष समिति

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ । केही समय अघि सुरू भएको बैठकमा प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

प्रहरीबाट हिजो प्राप्त भएको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन शुरु गरिएको हो । सिलबन्दी रिपोर्टमा सीसीटिभी फुटेजको भिडियो भेटिएपछि समितिका सदस्यहरुले सांसदहरुले हेरिरहेका छन् ।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि फरेन्सिक जाँचका लागि प्रहरीको ल्याबमा पठाएको थियो । समितिको म्याद सुरुको १० दिनबाट गत बिहीबार पुनः ७ दिन थपिएको छ । केही दिनअघि सिंहदरबार छिर्ने गेटको समेत सीसीटीभी फुटेज मागिएको थियो ।

यद्यपि उक्त भिडियो कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने स्पष्ट खुलिसकेको छैन । १४ गतेकै छ छैन भन्ने पनि थाहा छैन । यसअघि उक्त संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !