१४ बैशाख २०८१, शुक्रबार

वाह्यशक्तिहरुको चलखेल बढ्यो, अझै केही राष्ट्रवादी जिउँदै छन् : अध्यक्ष थापा


कमल थापा फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा वाह्यशक्तिहरुको चलखेल बढेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले महाशक्तिहरु आफ्नो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा रहेको समेत खुलासा गरेका छन् ।

उनले भारतको राजधानी दिल्ली, चीनको राजधानी वेईजिङ र संयक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डीसीमा पानी पर्दा समेत काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै गरेको बताएका छन् ।

थापाले राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा भएपनि अझै केही राष्ट्रवादी नेपाली जिउँदै भएकोले यसतर्फ आम नेपाली जनतालाई सचेत हुन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘संसदीय चुनाव नजिकिँदै गर्दा वाह्यशक्तिहरुको चलखेल बढेको छ। महाशक्तिहरु आफ्नो अनुकुल ‘कठपुतली’ तयारगर्ने होडमा छन्। दिल्ली,वेईजिङ र वाशिंगटनमा पानीपर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्।राष्ट्रवादी शक्ति निरिह बन्ने खतरा छ।नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !