२६ बैशाख २०८१, बुधबार

सुनसरीमा हराएका २ जना मृत अवस्थामा फेला


मृत

इनरुवा । सुनसरीमा आइतबारदेखि हराएका २ जना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका-१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् ।

आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यसैगरी इनरुवा-२ रामजानकी टोलका ६५ वर्षीय गङ्गाराम मण्डल घर नजिकैको नहरमा मृतावस्थामा फेला परेका छन् । आइतबार बेलुकीदेखि घरबाट हराएका मण्डलको खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भने शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !