१९ बैशाख २०८१, बुधबार

प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच खुमलटारमा भेटवार्ता


प्रचण्ड र लिउ जियान्चाओ भेटवार्ता

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच दाहालको निजी निवास खुमलटारमा आज अपरान्ह भेटवार्ता भएको हो । नेपालकाे चारदिने भ्रमणमा रहेको लिउ नेतृत्वको प्रतिनिधिमण्डल प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थियो ।

भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता छ । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

नेपालमा पछिल्लो पटक चीनविरोधी गतिविध बढेको भन्दै बेइजिङले चिन्ता व्यक्त गरिरहेका बेला उनी नेपाल भ्रमणमा आएका हुन् । चीनले बिभाजन भएर चिरा-चिरा परेका नेपाली कम्युनिस्ट पार्टीहरुलाई पुन: एकताबद्ध गराउने मूख्य उद्धेश्यका साथ दूतको रुपमा लिउलाई नेपाल भ्रमणमा पठाएको हो ।

आगामी निर्वाचनसम्म कम्युनिस्ट पार्टीहरुलाई एकता गराउने विषयमा समेत उनले प्रचण्डसंग छलफल गरेको बुझिएको छ । आज विहान मात्रै लिउको प्रतिनिधिमण्डलले सुन्दरीजलस्थि बीपी संग्राहलयको भ्रमण पनि गरेको थियो ।

प्रचण्ड र लिउ जियान्चाओ भेटवार्ताप्रचण्ड र लिउ जियान्चाओ भेटवार्ताप्रचण्ड र लिउ जियान्चाओ भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !