२३ बैशाख २०८१, आइतबार

नागरिकता विधेयक फिर्ताको प्रस्ताव संसदमा प्रस्तुत गर्ने देउवा सरकारको तयारी


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । देउवा सरकारले नागरिकता पहिलो संशोधन विधेयक, २०७५ फिर्ताको प्रस्ताव संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको २ नम्वर बुँदामा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूचीको १ नम्वर बुँदामा रहेको छ ।

सम्भावित कार्यसूचीको ३ नम्वर बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूचीको ४ नम्वर बुँदामा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सम्भावित कार्यसूचीको ५ नम्वर बुँदामा खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने रहेको छ । मन्त्री चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्नेछन् ।

सम्भावित कार्यसूचीको ६ नम्वर बुँदामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइरालाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् आजको संसदको सम्भावित कार्यसूची

संसदको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !