२३ बैशाख २०८१, आइतबार

माओवादीकाे निष्कर्ष : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु नपर्ने


जनार्दन शर्मा बजेट

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले सो निष्कर्ष निकालेको हो ।

सो वैठकमा अर्थमन्त्री शर्माबारे उठिरहेका पछिल्ला विषयबारे गहनतम छलफल भएको छ । उक्त छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादीका एक नेताले बताए । बैैठकमा अर्थमन्त्री शर्माले कुनै गलत नगरेको भन्ने बारेमा सबैको एउटै धारणा आएकोले राजीनामा नदिने तर जुनसुकै बिरोधको सामना गर्ने रणनीतिमा माओवादी केन्द्र देखिएको छ ।

अनधिकृत व्यक्ति सहभागी गराई बजेट निर्माण गरेको विषयमा संसद र सडकमा समेत तीब्र आलोचना भएपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने सत्तारुढ दलका नेताहरुले नै माग गर्दै आएका छन् ।

तर सो बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग एमालेसँग सल्लाह गरेर अघि बढ्ने निर्णय गरेको थियो । साथै बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको छ । आजको संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !