१८ बैशाख २०८१, मंगलबार

काँग्रेस सभापति देउवाले बोलाएको पदाधिकारी बैठक आज बस्दै


काँग्रेस पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज बस्दैछ । सभापति देउवाले बोलाएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्न लागेको हो ।

काँग्रेसमा संस्थापनइतर डा. शेखर कोइराला समूहले आफूमाथि आरोप लगाएपछि देउवाले बोलाएको पदाधिकारी बैठकलाई विशेष चासोका साथ हेरिएको छ । कोइराला समूहले देउवामाथि विभिन्न ५ वटा आरोप लगाएको छ ।

असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

सो पदाधिकारी बैठकमा कोइराला समूह पनि दह्रो भएर प्रस्तुत हुने रणनीतिमा भएकोले बैठकमा दुई समूहबीच आरोप-प्रत्यारोप चल्नुका साथै घम्साघम्सी हुनसक्ने समेत अनुमानसम्म गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !