लुम्बिनीकी राज्यमन्त्री वलीले दिएको राजीनामा मुख्यमन्त्री केसीद्वारा स्वीकृत Nepalpatraलुम्बिनीकी राज्यमन्त्री वलीले दिएको राजीनामा मुख्यमन्त्री केसीद्वारा स्वीकृत
३० श्रावण २०७९, सोमबार

लुम्बिनीकी राज्यमन्त्री वलीले दिएको राजीनामा मुख्यमन्त्री केसीद्वारा स्वीकृत


विमला वली

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुल प्रसाद केसीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री केसीले वलीले दिएको राजीनामा स्वीकृत गरिएको प्रदेश सभालाई जानकारी गराएका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै राजीनामा बुझाएकी थिइन् ।

गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएपछि उनी प्रहरी नियन्त्रणमा परेकी पनि थिइन् ।

विवादमा मुछिएपछि सोबारेमा छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको बुझिएको छ । छानबिन समितिको प्रतिवेदन बाहिर सार्वजनिक हुनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि विमलाले माओवादी केन्द्र रोजेपछि माओवादी केन्द्रले उनलाई राज्यमन्त्री नियुक्त गरेको थियो ।

यो पनि पढ्नुहोस्

विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !