८ बैशाख २०८१, शनिबार

लुम्बिनीकी राज्यमन्त्री वलीले दिएको राजीनामा मुख्यमन्त्री केसीद्वारा स्वीकृत


विमला वली

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुल प्रसाद केसीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री केसीले वलीले दिएको राजीनामा स्वीकृत गरिएको प्रदेश सभालाई जानकारी गराएका छन् । वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै राजीनामा बुझाएकी थिइन् ।

गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएपछि उनी प्रहरी नियन्त्रणमा परेकी पनि थिइन् ।

विवादमा मुछिएपछि सोबारेमा छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिलाई सघाउन भनेर उनले राजीनामा दिएको बुझिएको छ । छानबिन समितिको प्रतिवेदन बाहिर सार्वजनिक हुनुअघि नै उनले राजीनामा दिएकी हुन् ।

वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि विमलाले माओवादी केन्द्र रोजेपछि माओवादी केन्द्रले उनलाई राज्यमन्त्री नियुक्त गरेको थियो ।

यो पनि पढ्नुहोस्

विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !