१३ आश्विन २०८१, आइतबार

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले एसपीपीमा सहभागी नहुने भनी नेपाली सेनालाई अमेरिकालाई पत्र लेख्न निर्देशन दिने निर्णय गरेको हो । एसपीपी लागू नगर्ने भनेर खारेज गर्नका लागि अमेरिकालाई पत्र लेख्ने भएको हो । अव नेपाली सेनाले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई तत्काल पत्र लेख्नेछ ।

यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो । नेपाली सेनाले एसपिपीमा सहभागी हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको र अमेरिकाले सन् २०१९ मा निवेदन स्वीकृत गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको थियो ।

यो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता गठबन्धनमा आबद्ध पाँच दल एसपीपीको विपक्षमा उभिन सहमत देखिएका थिए । यस्तै प्रतिपक्षी दलहरुले पनि एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने भन्दै फिर्ता लिनुपर्ने बताउँदै आएका थिए ।

सो सम्झौता फिर्ता लिन संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समेत निर्देशन दिइसकेको छ । आज मात्र सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एसपीपीलाई सधैँका लागि बन्द गर्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

देउवालाई गगन-विश्वप्रकाशको आग्रह : एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्

संसदीय समितिद्वारा एसपीपीका कागजात माग, संलग्न नहुने जानकारी दिन निर्देशन

एसपीपीको विपक्षमा पाँच दलीय सत्ता गठबन्धन

म प्रधानमन्त्री हुनासाथ एसपीपीमा सहभागी हुन पत्र पठाउदा मलाई जानकारी दिइएन : केपी ओली

ओली प्रधानमन्त्री भएकै बेला सेनाले एसपीपीमा सामेल हुन पत्र पठाएको खुलासा

सञ्चारमन्त्री कार्कीको जिकिर : एसपिपी सम्बन्धी कुनै निर्णय भएको छैन र हुँदैन

नेपाल एसपिपीमा संलग्न हुँदैन : गृहमन्त्री खाण

ओली सरकारले एसपीपी सम्झौता गरेको प्रमाणित गरेर देखाउन प्रचण्डलाई एमालेको चुनौती

प्रचण्डको दावी : ओली सरकारले एसपीपी सम्झौता गरेको हो

अमेरिकी दूतावासले भन्यो- एसपीपीमा सहभागी हुन नेपालले दुईपटक अनुरोध गर्यो, हामीले स्वीकार गर्यौं

विश्वप्रकाशले भने- अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्विकार्य छैन

सहमति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर हुँदैन : प्रधानमन्त्री देउवा

कानूनमन्त्रीको स्पष्टोक्ति : एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने दस्तावेज असत्य हो : अमेरिकी दूतावास


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !