२१ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित तीन विधेयक पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयक पारित गरेको छ । आगामी बजेटका आश्रित विधेयकहरुलाई समेत आजको बैठकले पारित गरेपछि पूर्ण बजेट पारित भएको हो ।

आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’लाई पारित गरेसँगै आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको पूर्ण बजेट पारित हो ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा उक्त विधेयकहरुलाई पारित गरियोस् भनी छुट्टाछुट्टै प्रस्तावहरु प्रस्तुत गरेका थिए । तीनवटै विधेयकहरु उपर बैठकमा दफाबार छलफल भई छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री शर्माले जवाफ दिए पछि सो विधेयकहरुलाई बहुमतले पारित गरिएको हो ।

ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ । बिनियोजन विधेयक, २०७९ लाई भने प्रतिनिधि सभाको यही असार २ गतेको बैठकले नै पारित गरिसकेको छ ।

त्यसअघि बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि असार ७ गते दिउँसो १ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !