२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक बस्‍दै, विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिने


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा दिउसो १ बजे प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिने भएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिलो कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९ दफावार छलफलका लागि पेस गर्ने रहेको छ ।

सम्भावित कार्यक्रमको दोस्रो कार्यसूचीमा आर्थिक विधेयक, २०७९ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ भने सम्भावित कार्यक्रमको तेस्रो कार्यसूचीमा आर्थिक विधेयक २०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

यस्तै सम्भावित कार्यक्रमको अन्य कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफाबार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ हेर्नुहोस् आजको सम्भावित दैनिक कार्यसूची

आजको सम्भावित दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !